Breaking News

बाग्मतीमा दुई युवकको शव फेला

रौतहट, ७ साउन । रौतहटको चन्द्रपुर १ पौराही नुनथरको बाग्मती नदीमा सोमबार दुई युवकको शव भेटिएको छ । प्रहरीले आइतबार बाग्मती खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका दुई युवकको शव सोमबार फेला पारेको हो ।

सर्लाही लालबन्दी नगरपालिका १७ का २२ वर्षीय सञ्जय बस्नेत र वर्ष २२ कै राजेश ब्लोनको शव भेटिएको प्रहरीले जनाइको छ । उनीहरूमध्ये बस्नेतको शव घटनास्थल भन्दा ८ सय मिटर टाढा र ब्लोनको शव डेढ किलोमिटर टाढा फेला परेको हो ।

तीन जना युवाहरू पौडी खेल्न पसेकामा साथी राम श्रेष्ठ पौडिएर नदी बाहिर आउन सफल भएका थिए । बाग्मती नदीको सो क्षेत्रको विभिन्न स्थानमा खतराको संकेत राखिएपनि हरेक वर्ष नदीमा डुबेर मृत्यु हुन भने रोकिएको छैन ।

प्रहरीका अनुसार दुवै शवलाई उनीहरूका आफन्तले सनाखत गरिसकेको र पोष्टमार्टमको लागि चन्द्रनिगाहपुर अस्पतालमा पठाइएको छ ।

shares