Breaking News

बस दुर्घटनामा एक दर्जन यात्रु घाइते

मकवानपुर, ७ साउन । हेटौँडा उपमहानगरपालिकाको वडा नंबर १९ तीन ताप्केमा बस दुर्घटना भएको छ । चितवनबाट हेटौँडा आउँदै गरेको ना ५ ख ३७०१ नंबरको बस हेटौंडा बस्तीपुरको तीन ताप्के ओरालोमा दुर्घटना भएको हो ।

दुर्घटनामा परी एक दर्जन यात्रुहरू घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । घाइते यात्रुहरूलाई हेटौँडा अस्पताल तथा चुरेहिल अस्पताल पुर्याइएको छ ।

प्रहरीको अनुसार स्टेरिङ फेल भएको कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । बसको चालकलाई प्रहरीले नियन्त्रणमा लिर्इ अावश्यक अनुसन्धान अघि बढाइएको छ ।

shares