Breaking News

बन्दुकधारीको अाक्रमणमा २ जनाको मृत्यु, १२ घाइते

टोरोन्टो, ७ साउन । क्यानडाको टोरोन्टोस्थित व्यस्त सडकमा एक बन्दुकधारीले बन्दुक चलाउँदा दुर्इ जना मारिनुको साथै अन्य १२ घाइते भएका छन् ।

अाइतबार साँझ ड्यानफोर्थ सडकमा भएको उक्त अाक्रमणमा एक महिला मारिएको क्यानडाका अखबारहरूले जनाएका छन् । सडक पार गर्न लागेका मानिसहरूको समूहमाथि एक्कासी गोली चलाइएको थियो ।

घाइतेमध्येको एक अन्दाजी ८ वर्षीया बालिकाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । केही घाइतेहरूको तत्काल घटनास्थलमा उपचार गरिएको थियो भने केही घाइतेहरूलार्इ अस्पताल पुर्याइएको थियो ।

जवाफी हमलामा उक्त २९ वर्षीय बन्दुकधारी पनि मारिएको प्रहरीले जनाएको छ । दुर्इवटा रेस्टुरेन्टलार्इ लक्षित गरी गरिएको सो अाक्रमणको उद्देश्य भने अझै प्रष्ट हुन सकेको छैन ।

shares