फुट्याे विवेकशील साझा, फापेन मिश्र र थापाकाे जाेडी

काठमाडाैं । वैकल्पिक राजनीतिक शक्तिकाे रुपमा दावि गर्दै आएकाे विवेकशील साझा पार्टी विभाजन भएकाे छ  । पार्टीका संयोजक उज्वल थापाकाे नेतृत्वमा १६ जना केन्द्रीय सदस्यसहितले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गरेका छन् ।

३७ सदस्यीय केन्द्रीय समिति रहेकाे साझा विवेकशीलबाट रञ्जु दर्शना,  प्रदेश ३ का दुई सांसद विराज भट्ट श्रेष्ठ र रमेश पौडेलसहित १६ जना थापाकाे साथमा रहेका छन् । नयाँ पार्टीको नाम ‘विवेकशील नेपाली दल’ प्रस्ताव गरिएको छ ।

संयाेजक थापाले केही समय अघि मात्रै  पार्टी गलत बाटोमा हिँडिरहेको भन्दै समिक्षा प्रतिवेदन सार्वजनिक गर्नुभएकाे थियाे ।

आफुहरुले भन्दै आएको सुसंस्कृत र बैकल्पिक राजनीति  नबन्ने लागेकाले अलग भएकाे थापा समूहकाे भनाइ छ ।

राष्ट्र निर्माणका लागि वैकल्पिक राजनीति आवश्यक भएकाे भन्दै विवेकशील नेपाली दल र साझा पार्टीबीच १०७४ साउन ११ मा एकता भएको थियाे । एकतापछि पार्टीकाे नाम विवेकशील साझा पार्टी राखिएकाे थियाे ।

पुरानाे राजनीतिक दलहरुकाे अपारदर्शी र गलत नीतिबाट देशमा विकास, समृद्धि र सुसाशन आउन नसक्ने धारणा याे पार्टीले राख्दै आएकाे थियाे । विवेकशील साझा पार्टीबीचकाे याे विभाजनसँगै वैकल्पिक राजनीतिमाथि नै प्रश्न उठेकाे छ ।

shares