Breaking News

प्रेमीसँग मिलेर श्रीमानको हत्या

कैलाली, ८ साउन । कैलाली जिल्लाको भजनी नगरपालिका-९ भुरुवाकी एक महिलाले प्रेमीसँग मिलेर श्रीमानको हत्या गरेको खुलेको छ ।

निर्मला राजीले प्रेमी दिलिप राजीसँग मिलेर पति नन्दु राजीको हत्या गरेको प्रहरी अनुसन्धानका क्रममा खुलेको हो ।

घटनामा संलग्न दुवैजनालाई नियन्त्रणमा लिर्इ थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय भजनीका प्रमुख, प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दले बताए ।

साउन ४ गते रातिदेखि हराइरहेका नन्दुको शव घरबाट करिब १ किलोमिटरको दुरीमा रहेको प्रतिक्षा सामुदायिक वनमा बोरामा पोको पारी खाल्डोमा गाडेको अवस्थामा भेटिएको थियो ।

मृतक राजीको शव पोष्टमार्टमका लागि टीकापुर अस्पतालमा पुर्‍याइएको छ ।

shares