प्रवक्ता आचार्य पत्रकार सम्मेलनमै भक्कानिए

काठमाडाैं । एकता भएकाे एक वर्षमै विवेकशील साझा र्पार्टी फुटपछि आयोजित पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता सूर्यराज आचार्य भक्कानिएका छन्।

पार्टी कार्यालय बखुण्डोलमा शनिबार आयोजित पत्रकार सम्मेलनमा बाेल्दै गर्दा उनी भक्कानिएका थिए । उनले पार्टीमा पछिल्लो समय अस्वभाविक ढंगले घटनाक्रमहरू बढेको बताउँदै पार्टी फुटको घटनाले आफूहरू स्तब्ध र आश्चर्यमा परेकाे बताए।

विवेकशील साझा पार्टीका पूर्व संयोजक उज्जल थापाले अखबारमा सार्वजनिक गरेको भन्दै असन्तुस्टिसमेत जनाए।

shares