प्रधानमन्त्रीलाई बाँकि ४ वर्ष खेर नफाल्न अस्पतालबाट अधिकारीकाे सुझाव

काठमाडाैं । पूर्वअर्थमन्त्री तथा नेकपाका नेता भरतमोहन अधिकारीले सरकारको कार्यशैलीमाथि गंभीर प्रश्न उठाउनुभएको छ । उहाँले सरकारको उल्टो हिँडाईले जनअपेक्षा अनुसार काम हुन नसकेको बताउनुभयो ।

मुटु र फोक्सोमा समस्या देखिएपछि उपचारका लागि अस्पतालमा भर्ना हुनुभएका अधिकारीले ४ वर्ष जनअपेक्षा अनुसार काम गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिनुभयो ।

अधिकारीले अर्थमन्त्री डा.युवराज खतिवडाले कम्युनिष्ट पार्टीको नीति बुझ्न नसकेको आरोप लगाउनुभयो । कृषिमा अनुदान दिने विषयमा अर्थमन्त्री खतिवडाले ११ महिना पछि मात्रै बुझेको अधिकारीको भनाई छ ।

उहाँले उत्पादन बढाउन नसके अर्थतन्त्र बलियो नहुने बताउँदै साना उद्योगलाई प्रोत्साहन गर्न सुझाव दिनुभयो । अधिकारी ४ दिनदेखि अस्पताल भर्ना भइ उपचार गराइरहनु भएको छ ।

shares