प्रधानन्यायाधीशमा सिफारिस चोलेन्द्रशम्शेरको संसदीय सुनुवाइ हुँदै

प्रधानन्यायाधीशमा सिफारिस चोलेन्द्रशम्शेर जबराको संसदीय सुनुवाइ प्रक्रिया शुरु हुँदैछ । सुनुवाइका लागि संसदीय सुनुवाइ विशेष समिति बैठक बिहान ११ बजे सिंहदरबारमा बस्दैछ ।

बिहीबार बिहान बसेको संवैधानिक परिषद्को बैठकले संवैधानिक परिषद्ले प्रधानन्यायाधिश नियुक्तिका लागि सिफारिस गरेका राणालाई सुनुवाइ समितिले स्विकृत गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।

सर्वोच्च अदालतको दोस्रो वरीयतामा रहेका वरिष्ठ न्यायाधीश दीपकराज जोशी यसअघि नै संसदीय सुनुवाइ समितिले अस्विकृत गरेपछि तेस्रो वरीयताका वरिष्ठ न्यायाधीश राणालाई प्रधानन्यायाधीशमा सिफारिस गरिएको थियो ।

२०१४ मंसिर २८ गते काठमाडौंको सुकेधारामा जन्मिएका राणाले २०७१ सालदेखि सर्वोच्च अदालतको न्यायाधीशको जिम्मेवारी सम्हाल्दै आउनु भएको थियो । उमेर हदका कारण प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको यही पुस १७ गतेबाट अवकाश हुँदैछ ।

shares