Breaking News

प्रदेश सदस्यबारे गरिएकाे निर्णय अन्तिम हाेइन: प्रवक्ता

नेपाल कम्यूनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रदेश कमिटी सदस्यबारे सचिवालयले गरेको निर्णय अन्तिम नभएको बताउनुभएको छ ।

प्रदेश कमिटीका सदस्यको नाम सार्वजनिक भए लगत्तै विवाद र बहस भैरहेका बेला श्रेष्ठले सचिवालयको निर्णय नै अन्तिम नभएको बताउनुभयो । हिमालय टेलिभिजनसँगको कुराकानीमा श्रेष्ठले स्थायी समितिले सचिवालयको निर्णयमा हेरफेर गर्न सक्ने बताउनुभयो ।

पार्टी सचिवालयले यसै हप्ता प्रदेश कमिटी सदस्यको नामावली सार्वजनिक गरेपछि योग्यता नपुगेका व्यक्ति समेत प्रदेश कमिटीमा परेको भन्दै आलोचना भैरहेको छ । नेकपा प्रवक्ता श्रेष्ठले २२ जना केन्द्रीय सदस्यहरुले बुझाएको ज्ञापन पत्र सकारात्मक भन्दै उनीहरुका मागमा गम्भीरता पूर्वक छलफल हुनुपर्नेमा जोड दिनुभयो ।

shares