Breaking News

पोखरीमा डुबेर १ बालकको मृत्यु, ३ घाइते

सिरहा, ८ साउन । सिरहाको गोलबजार नगरपालिका ८ चोहर्वामा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

बाख्रा चराउन गएको समयमा स्थानीय शंकर साहको पोखरीमा सोमबार अपरान्ह नुहाउन पसेका लक्ष्मी महतोका छोरा ६ वर्षीय आयुष महतोको मृत्यु भएको छ भने एक बालिकासहित तीन जना घाइते भएका छन् ।

आयुषसँगै पोखरीमा नुहाउन पसेका मृतककी दिदी ८ वर्षीया अनिसा, रामअवतार महतोका ७ वर्षीय छोरा राजन र सोमनाथ महतोका ६ वर्षीय छोरा अर्का आयुष महतो घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते सबैको गोलबजारस्थित भूमिजा अस्पतालमा उपचार भइरहेको छ। घाइतेहरूको अवस्था सामान्य रहेको पनि प्रहरीले जनाएको छ । बाख्रा चराउन गएका बालबालिका पोखरीमा नुहाइरहेका बेला डुबेको देखेपछि स्थानीयले उद्धार गरी तुरुन्त प्रहरीलाई खबर गरेका थिए ।

shares