पृथ्वीनारायणप्रति सिंगो राष्ट्रले सम्मान व्यक्त गरेको छ : रक्षामन्त्री पोखरेल

काठमाडाैं । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले आधुनिक नेपालको एकीकरण गरेकाले पृथ्वीनारायण शाहप्रति सिंगो राष्ट्रले आदरभावका साथ सम्मान व्यक्त गरेको बताउनु भएको छ ।

उपप्रधानमन्त्री पोखरेलले सरकारले राष्ट्र निर्माता पृथ्वीनारायण शाहलाई सम्मान गरिरहँदा निरंकुश राजतन्त्रको चर्चा गरेको रुपमा बुझ्न नहुने पनि स्पष्ट पार्नु भयो । २९७ औं पृथ्वी जयन्ति तथा राष्ट्रिय एकता दिवस’को अवसर पारेर काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले सबै जाति, भाषा र संस्कृतिलाई एउटै छातामुनि गोलबन्द गरेर नेपाल एकीकरण गर्नु भएका पृथ्वी नारायण शाहलाई देशप्रति माया राख्ने हरेक नेपालीले सम्मान गर्ने उल्लेख गर्नु भयो ।

नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, नेपाल संगीत तथा नाट्य कला प्रज्ञा प्रतिष्ठान र सांस्कृतिक संस्थानको आह्वानमा कमलादीस्थित प्रज्ञा भवनबाट निस्किएको र्‍याली कमलादी, घण्टाघर, भद्रकालीहुँदै सिंहदरबारको मूल गेटस्थित पृथ्वीनारायण शाहको शालिकसम्म पुगेको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले पनि पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्नुभयो ।

shares