Breaking News

पूर्वयुवराज्ञी हिमानी शाहले गरिन् पशुपति दर्शन

काठमाण्डौ, ७ साउन । पूर्वयुवराज्ञी हिमानी शाहले सोमबार बिहान पशुपति दर्शन गरेकी छिन् ।

शाह वर्षको पहिलो साउने सोमबारका दिन दुई छोरी र छोरासँगै दर्शनका लागि पशुपति पुगेकी हुन् । केही सहयोगीसहित पशुपति पुगेकी शाहले झण्डै आधा घण्टा मन्दिर परिसरमा पूजा गरेकी छिन् ।

पूर्वराज परिवार धर्म–बढी विश्वास गर्ने गर्छन् । परिवारका अन्य सदस्यजस्तै हिमानीले पनि पूजा–आजामा समय बिताउने गर्दै अाएकी छिन् ।

shares