पूँजी बजार सुधार उन्मुख

काठमाडाैं । आज पूँजी बजारमा सामान्य अंकको सुधार देखिएको छ । नेप्से परिसुचक ३ दशमलव २८ अंकले बढेर १ हजार १ सय ६५ दशमलव ९७ अंक कायम भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । पूँजी बजारको समस्या समाधान गर्न गठित समितिले लगानीकर्तामा अधिका‌ंश मागलाई समेटेेर प्रतिवेदन बुझाएका कारण लगानीकर्ता सकरात्मक बन्दा नेप्सेमा सामान्य सुधार देखिएको हो ।

आजको कारोबारमा बैकिङ, विकास बैंक, जलविद्युत्र  निर्जीवन बिमा, लघुवित्त र जीवन बिमा समूह बाहेक अन्य सबै समूहको उपसुचक भने घटेको छ । आज कुल १ सय ६३ कम्पनीका १२ लाख कित्ता सेयर ४० करोड रुपैयाँमा किनबेच भएकाे छ ।

सबैभन्दा धेरै एनएमबी बैंकको ५ करोड ६७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सबैभन्दा धेरै कमाउनेमा सांग्रिला डेभलपमेन्टका लगानीकर्ताले प्रतिकित्ता ७ दशमलव ७५ प्रतिशतले कमाएका छन् भने सबैभन्दा धेरै गुमाउनेमा ललितपुर फाइनान्स लिमिटेडका लगानीकर्ताले साढे ६ प्रतिशतले गुमाएका छन् ।

shares