पाल्पामा जीप दुर्घटना, ५ जनाको मृत्यु

पाल्पामा हिजाे बेलुकी भएको जीप दुर्घटनामा ५ जनाको मृत्यु भएको छ ।  लु १ ज २६५३ नम्बरको जीप पूर्वखोला गाउँपालिका २ को जलपा–बहादुरपुरको कच्ची सडकमा जीप दुर्घटनामा तीन दिनकाे बालकसहित चार जना घाइते भएका छन्।

पाल्पाको पुर्वखोला–२ ओढारे भिरमा दुर्घटना हुँदा माथागढी गाउँपालिका–८ का ७१ वर्षीय रेवतबहादुर जिसी, ४१ वर्षीया बुमाकुमारी दर्लामी, ३२ वर्षीया यानिसरा गाहा, २४ वर्षीया कुनिसरा रुचाल र जीप चालक २० वर्षीय बिरेन्द्र रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

घाइते तीन जनाको लुम्बिनी मेडिकल कलेज प्रवास पाल्पामा उपचार भइरहेको छ। हिजाे विहान दाङमा जन्ती गाडी दुर्घटनामा ६ जनाकाे मृत्यु भएकाे थियाे ।

shares