पालमुनि बसेरै देशकाे सुरक्षामा प्रहरी

अलि असगर देवान

काठमाडाैं । कुनै अपराधिक घटना होस् दुर्घटना, तपाईं हाम्रो सवैभन्दा विश्वासको साथी हो प्रहरी । अर्थात उद्धार र राहतमा प्रहरीको ठुलो भूमिका हुन्छ । यसका लागि उसलाई चुस्तदुरुस्त साधनस्रोत चाहिन्छ । तर, अपराध नियन्त्रणको जिम्मा पाएको प्रहरी काठमाडौंमै समेत पालमुनि छ ।

यो कुनै सुकुम्वासी बस्ती होइन् । तर, अबस्था त्यति फरक छैन् । यो त महानगरीय प्रहरी परिसर हो । अर्थात भीभीआइपी र भीआइपीले भरिभराउ राजधानीको अपराध नियन्त्रण गर्ने प्रहरी हेडक्वाटर । त्यसैले यो प्रहरी यूनिटको जिम्मा ठूलै छ, जिम्मा जस्तै दुख । त्रिपाल च्यातिएका छन् । शीत र धूलोको समस्या छ । समस्या यो मात्रै होईन, अर्को पनि छ ।

महानगरीय प्रहरी परिसर यहाँ बसेको चार बर्ष भयो । र, त्यसैले च्यातिएका त्रिपालमाथि बर्षेनी अर्को टाल्नुपरेको छ । त्यो पनि बोराले ।  प्रहरीका अनुसार यसरी ढाकेको पनि झण्डै दुई वर्ष भयो । पालभित्र सुत्दा जाडोमा शीतले दिने दुख र गर्मीमा काम गर्दा हुने अफ्ठेरो यी प्रहरी अधिकारीकै मुखबाट सुन्नुस् ।

प्रहरी सहायक निरिक्षक देशमा अपराध स्वदेशीले मात्र गर्ने कुरा भएन् । प्रहरीका विदेशी पनि काम लिएर जान्छन् । काम लिएर जाने होउन वा कामका लागि यी पालमुनि पुग्ने विदेशीका नजरमा प्रहरी र देशको छवि त्रिपालमा टालोले छोपेजस्तो सजिलो हुँदैन । प्रहरी अधिकारीका मनमा यो प्रश्न खेलिरहन्छ ।

आफ्नो टीम पाल मुनि बसेर काम गरेको परिसर प्रमुखलाई राम्रोसँग थाहा छ । तर, जहाँ बसेपनि सेवा दिनुको विकल्प पनि छैन् ।  वसन्त  जेनतेन गरेर सेवा प्रवाह गरेपनि स्वास्थ्यमा भने नकारात्मक असर पर्न थालेको छ । अर्थात त्रिपालभित्र बसेर काम गर्दा प्रहरीमा स्वास्थ्य समस्या देखिएको छ ।

शान्ति सुरक्षा कायम गर्दै नागरिकलाई गुहार दिने प्रहरी आफ्नै समस्या समाधानका लागि गुहार मागिरहेको छ । गुहार मागेको पनि चार वर्ष हुन थाल्यो । तर, सुनुवाई भएको छैन । र परिसरमा अझैपनि प्रहरी अधिकृत त्रिपालमुनि नै बस्न बाँध्य छन् । भूकम्प गएको चार वर्षमा महानगरीय प्रहरी परिसरमा अहिलेसम्म सात जना कार्यालय प्रमुख फेरिए । तर त्रिपाल र दुख भने उस्तै छन् । तर, प्रहरीसँग अपेक्षा भने बढेकोबढ्यै छन् ।

shares