Breaking News

पहिरोले अवरुद्ध महाकाली राजमार्ग खुल्यो

बैतडी, ९ साउन । बुधबार रातिदेखि पहिरोले अवरुद्ध महाकाली राजमार्ग खुलेको छ ।

महाकाली राजमार्गको सतबाँझ–गोकुलेश्वर सडकखण्डको डिलाशैनी–६ को बांगाबगरमा पहिरो खसेर अवरुद्ध भएको राजमार्ग बुधबार मध्याह्नपछि सुचारु भएको हो ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक कान्तिराज जोशीका अनुसार सडक डिभिजन कार्यालय पाटनको डोजरले पहिरो पन्छाएपछि राजमार्ग सञ्चालनमा आएको हो ।

राजमार्ग खुलेपछि जाममा रोकिएका सवारी साधनहरूको अावतजावत सहज भएको छ । २०६० असारमा पहिलो पटक गएको पहिरोको व्यवस्थापन तथा सडक मर्मत राम्रोसँग नहुँदा वर्षातको समयमा पहिरो खस्ने समस्याले दुख दिने गरेको छ ।

shares