Breaking News

पशुपतिनाथ लगायतका शिवालयहरूमा दर्शनार्थीहरूको घुइँचो

काठमाण्डौ, ७ साउन । आज साउन महिनाको पहिलो सोमबार, हिन्दू धर्मावलम्बी नारीहरूले भगवान शिवको पूजा आराधना गरेका छन् ।

साउनको हरेक सोमबार ब्रत बसेर शिवको पूजाआजा गर्दा मनोकांक्षा पूरा हुने र पतिको दिर्घायू हुने धार्मिक विश्वास छ । यही विश्वासका साथ आज बिहानैदेखि विवाहित तथा अविवाहित नारीहरू शिव मन्दिरमा गएर पूजाआजा गरिरहेका छन् ।

काठमाडौंको पशुपतिनाथ लगायतका शिवालयहरूमा बिहानैदेखि दर्शनार्थीहरूको घुइँचो लागेको छ । विशेषगरी महिलाहरूले हरियो रंगका वस्त्र, चुरा र मेहन्दी लगाएर भगवान शिवको पूजा तथा आराधना गरी ब्रत बस्ने गर्छन् ।

साउन महिनाको सोमबार शिवको प्रिय दिन मानिन्छ । त्यसैले साउनको हरेक सोमबार श्रद्धालुहरुले रातो, हरियो र पहेंलो बस्त्र तथा चुरा पोते लगाएर शिवको पूजा गर्दछन् । दिनभर व्रत बसेर शिवको पूजा गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।

विवाहित महिलाको पतिको दिर्घायू हुने र अविवाहितहरूले सुयोग्य वर पाउने विश्वास पनि गरिन्छ । यो वर्ष साउनमा ४ वटा सोमबार परेका छन् ।

shares