नेपाल–भारत प्रबुद्ध समूहको प्रतिवेदन बुझ्न भारत सकारात्मक रहेकाे परराष्ट्र मन्त्रीकाे भनाइ

काठमाडाैं । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले नेपाल–भारत प्रबुद्ध समूहको प्रतिवेदन बुझ्नका लागि भारत सकारात्मक भएकाे दाबी गर्नु भएको छ ।

राइसिना डायलगमा भाग लिन भारतको राजधानी नयाँ दिल्लीमा रहेका मन्त्री ज्ञवालीले आज बिहान दूतावासमा आयोजित पत्रकार सम्मेलनमा ईपीजीको प्रतिवेदन बुझ्न भारत सरकार सकारात्मक रहेकाे जानकारी दिनुभयो ।

मन्त्री ज्ञवालीले बिहीवार भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँगको भेटवार्तामा समसामयिक विषय र इपीजीको प्रतिवेदन बुझाउने विषयमा कुराकानी गर्नुभएको थियो । उहाँले स्वराजसँग व्यापार घाटा कम गर्नका लागि नेपाल तर्फबाट हुने चिया, कफी र अदुवाको निर्यात सहज बनाउने बारे पनि कुरा गरेको बताउनुभयाे ।

मन्त्री ज्ञवालीले अध्यक्ष राष्ट्रको हैसियतले सार्क सम्मेलन गर्न नेपाल सरकार सकारात्मक रहेको बताउनुभयो ।

shares