नेपाल-जापानबीच महत्वपूर्ण संझौता पत्रमा हस्ताक्षर (फाेटाे फिचर)

काठमाडाैं । नेपालबाट जापानको शहरमा सीधा हवाइ सेवा संचालन गर्न बाटो खुलेको छ । बुधबार परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र नेपाल भ्रमणमा रहनुभएका जापानी परराष्ट्रमन्त्री तारो कानोबीच हवाइ सेवा सम्बन्धि सन् १९९३ को संझौता संसोधन पत्रमा हस्ताक्षर भएको हो ।

यो सँगै दुई मुलुकबीच सिधा उडान गर्नको लागि बाटो खुलेको छ । त्यस्तै, नेपाल र जापानको परराष्ट्र मन्त्रालयबीच द्धिपक्षीय परामर्ष बैठक आयोजनाका लागि सहयोग संयन्त्र बनाउनेबारे सम्झौता भएको छ । संयन्त्रले द्धिपक्षीय सम्बन्धका सबै पक्षहरुको समीक्षा, सहयोगका नयाँ क्षेत्रहरुको परिचान र अन्तर्राष्ट्रिय विषयहरुमा विचार आदान प्रदान गर्नेछ ।

 

त्यस्तै, जापानी परराष्ट्रमन्त्री तारो कोनोले नेपाली र जापानीबीच जनस्तरमा भएको बलियो सम्बन्धले दुई मुलुकबीचको सम्बन्धलाई मजबुद बनाइराखेको बताउनुभयो ।

मुलुकबीचको हवाइ सेवा संचालनसम्बन्धि संझौताले दुई देशबीचको सम्बन्धलाई थप उचाइमा पुर्‍याउने उहाँको भनाइ छ । परराष्ट्रमन्त्री ज्ञवालीको निमन्त्रणामा कानो १८ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बुधबार काठमाडौ आउनुभएको हो ।

तस्विर/गुञ्जनराज गिरी

shares