नेकपा बैठकमा राजनीतिक प्रतिवेदनमाथि छलफल जारी

काठामाडाैं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज पनि जारी छ । बैठकमा दुई अध्यक्षको प्रतिवेदनमाथि छलफल चलिरहेकाे छ ।

बैठकमा नेताहरुले गुट अनुसार सरकार र पार्टी नेतृत्वको पक्ष विपक्षमा धारणा राखेका छन् । हिजोकाे बैठकमा मन्त्रिपरिषद् पुनगर्ठनको विषयले प्रवेश पाएको छ । बैठकमा बोल्ने केही नेताले मन्त्रीहरुका कामको समीक्षा गरेर मन्त्रिपरिषद् पुनगर्ठनकाे माग गरेका छन् ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सरकारले शानदार काम गरेको प्रतिवेदन पेश गरेपनि स्थायी कमिटी बैठकमा मन्त्रीपरिषद् हेरफेरको आवाज उठेको हो ।

shares