Breaking News

नेकपाकाे साधारण सदस्यले रु २० र संगठितले १०० मासिक लेबी बुझाउनु पर्ने

काठमाडौं १ जेठ । नेपाल कम्युनिस्ट पार्टी (ने क पा) मा साधारण र संगठित सदस्य हुने भएको छ । अब साधारण सदस्यले प्रत्येक महिना २० र संगठित सदस्यले प्रत्येक महिना सय रुपैयाँ पार्टीलाई लेबी बुझाउनुपर्नेछ ।

ने क पाका महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठन भएको विधान मस्यौदा तथा नियमावली कार्यदलले पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई बुझाएको प्रतिवेदनमा यस्तो सिफारिस गरिएको हो । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर बुझाइएको प्रतिवेदन पार्टीको निर्णयपछि कार्यान्वयनमा आउनेछ ।

ने क पा स्थायी कमिटी सदस्य एवं कार्यदल सदस्य बेदुराम भुसालले साधारण सदस्य एवं सांगठनिक सदस्यले प्रत्येक बर्ष फागुन र चैतमा नवीकरण गर्नुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको बताए । पार्टी एकीकरण भएको यो वर्षको नवीकरण भने ६ महिनाभित्र गर्नुपर्ने हुन्छ ।

एकीकरणअघि तत्कालीन एमालेले साधारण सदस्यबाट मासिक पाँच र संगठित सदस्यबाट वार्षिक ३ सय रुपैयाँ उठाउँदै आएको थियो । यसैगरी, तत्कालीन माओवादी केन्द्रले साधारण सदस्यबाट १० र संगठित सदस्यबाट ११० रुपैयाँ उठाउँदै आएको थियो । यो खबर राजधानी दैनिक छ।

shares