निर्माला पन्तकाे हत्या मानव जातिकै लागि हिन लाग्दाे घटना हाे : प्रधानमन्त्री

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले  निर्मला पन्तकाे हत्या नेपालीका लागि मात्रै नभएर  सिंगै मानव जातिकै लागि घिन लाग्दाे घटना भएकाे बताउनु भएकाे छ ।

 मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले याे घटना मानव जातिकाे सभ्यता र चिन्तनकै लागि घिन लाग्दाे र चुनाैतिपूर्ण भएकाे बताउनुभयाे ।

‘यस्ताे घटना हुनु नै हुँदैन थियाे तर याे सरकारले घटाएकाे हाेइन । अपराधिहरुले घटाएकाे हाे । अपराधिलाई खाेजेर कारबाही गर्नुपर्छ । यसमा  विभिन्न टाेलि बनाएर सरकार लागिरहेकाे छ ।’ प्रधानमन्त्रीले भन्नुभयाे ।

प्रधानमन्त्री  ओलीले निर्मला पन्तको बलात्कारपछिको हत्याको घटना आश्चर्यजनक भएको पनि बताएनु भयाे । बलात्कारपछिका हत्याका अरु घटनामा दोषी पत्ता लागे पनि यसमा कठिन भएको  उहाँकाे भनाइ थियाे ।

‘प्रहरीले सुरुमा केही गल्तीहरु गरेको देखिन्छ । प्रहरीले त्यो गल्ती किन गर्‍यो भनेर प्रहरीकै एक पछि अर्को टिम, गुप्तचरहरुसमेत पठाएर अनुसन्धान भइरहेको छ । पछिल्लो समयमा एआईजीको तहबाट अनुसन्धान गरेका छौं’ प्रधानमन्त्री ओलीले भने, ‘तर अहिलेसम्म केही आश्चर्यजनक कुराहरु भएको छ । केही मानिसहरु अपराध आफूले यसरी गरेको हो भनेर बयान दिन्छन्, तर डीएनए मिल्दैन, अपराधीले स्वीकार्छ, कवुल गर्छ, डीएनए मिल्दैन ।’

प्रधानमन्त्री ओलीले ढिलो चाडाे अपराधी पत्ता लाग्ने पनि दावी गर्नुभयाे ।

shares