ट्रम्पद्वारा उत्तर कोरियाली नेता किमलाई भेट्ने इच्छा व्यक्त

काठमाण्डौं १९ बैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू उत्तर कोरियाली नेता किम जोङ उनसंग भेट गर्न इच्छुक रहेको बताएका छन् ।

समाचार संस्था ब्लुमबर्गलाइ अन्तर्वार्ता दिनेक्रममा राष्ट्रपति ट्रम्पले अनुकुल परिस्थितिमा किमसंग भेट भए आफू खुशी हुने बताए । लगत्तै ह्वाइट हाउसका प्रवक्ताले वक्तव्य जारी गरी तत्काल दुई नेताबीच भेट सम्भव नभएको प्रतिक्रिया दिएका छन् । उनले ट्रम्पलाई भेट्न उत्तर कोरियाली नेता किमले धेरै शर्तहरु पूरा गर्नुपर्ने बताए ।

उनले उक्साहटपूर्ण आणविक गतिविधि बन्द गर्न पनि उत्तर कोरियालाई आग्रह गरेका छन् । ट्रम्प प्रशासनले उत्तर कोरियाको आणविक कार्यक्रममाथि रोक लगाउन कुटनीतिको भरपुर प्रयोग गरिरहेको छ । यसअघि ट्रम्पले किमलाई निकै चलाक व्यक्ति भनेका थिए ।

 

shares