Breaking News

च्याम्पियन्स लिगको सेमिफाइनलमा रियल मड्रिड र एथ्लेटिको मड्रिड भिड्दै

काठमाण्डौ, १९ वैशाख । च्याम्पियन्स लिग फुटबल प्रतियोगिता अन्तर्गत नेपाली समयानुसार आज राति साढे बाह्र बजे रियल मड्रिड र एथ्लेटिको मड्रिड भिड्दै छन् ।

रियलको घरेलु मैदान सान्टियागो बर्नबेउमा हुने पहिलो लेगको सेमिफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन रियल र एथ्लेटिकोबीच प्रतिस्पर्धा हुन लागेको हाे । सुरक्षाको दृष्टिकोणलाई मध्यनजर गर्दै आजको खेलका लागि दुई हजार भन्दा बढी सुरक्षाकर्मी खटाइएको मड्रिड सिटीका अधिकारीले बताएका छन् ।

गत वर्षको फाइनलमा रियलले एथ्लेटिकोलाई हराउँदै उपाधि कब्जा गरेको थियो । आजको खेलमा रियललाई हराएर एथ्लेटिको गत वर्षको फाइनलमा भोगेको हारको बदला लिन चाहन्छ । त्यस्तै, युरोपका प्रतियोगितामा पछिल्ला १४ खेलमा अपराजित रियल आजको खेलमा पनि उत्कृष्ट जित निकाल्दै फाइनलमा स्थान बनाउने दाउमा छ ।

यी दुई टोलीबीच भएका पछिल्ला पाँच खेलमा दुबै टोलीले एक–एक जित निकालेका छन् भने तीन खेल बराबरीमा सकिएका छन् । दुई टोलीबीच पछिल्लो समय गत अप्रिलमा ला लिगा अन्तर्गत भएको खेल बराबरीमा सकिएको थियो ।

shares