चोरी मुद्दाका फरार चौधरी २३ वर्षपछि पक्राउ

काठमाडाैं । चोरी मुद्दाका फरार प्रतिवादी सियाराम चौधरी २३ वर्षपछि पक्राउ परेका छन् ।

चोरी मुद्दामा सजाए तोकिएपछि फरार रहेका कैलालीको धनगढी उपमहानगरपालिका, ८ का ४४ वर्षिय चौधरीलाई प्रहरीले २३ वर्षपछि पक्राउ गरेको हो।

चौधरीलाई जिल्ला अदालत कैलालीले २०५२ साल असार २० गते २७ दिन कैद र ८ हजार ४ सय ७५ रुपैया जरिवाना सजाय तोकेको थियो।

पक्राउ परेका चौधरीलाई जिल्ला अदालतमा उपस्थित गराई कैद जरिवाना असुल उपरका लागि कैलाली कारागारमा पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक हरि बहादुर वलीले जानकारी दिए।

shares