चिसाेले सडकपेटीमा रात बिताउनेहरुकाे बिचल्ली, उद्धारमा प्रहरी

अलि असगर देवान

काठमाडाैं ।  महानगरीय प्रहरी परिसर काठमाडौ‌ंले हिजोदेखि सडकपेटीमा रात बिताउने व्यक्तिहरुलाई ती ठाउँबाट हटाउने अभियान थालेको छ । प्रहरीका अनुसार काठमाडौंमा मात्रै चिसोले दैनिक ४ देखि ६ जनासम्मको मृत्यु भइरहेकोले उद्धार अभियान चलाउनु परेको हो ।

समय रातीको साढे नौ बजे र स्थान कालीमाटी । काठमाडौंको अहिलेको चिसोसँग बच्न यी व्यक्तिले गरेको संघर्ष शब्दमा होइन, यही दृष्यमा प्रयाप्त छ । तपाईं हिटर र एसी रुममा हुनुहुन्छ भने अझै नजिकबाट हेर्नुस्, गरिवका यी दु :ख ।

यहाँ सुतेका मध्ये एक हुन्, धादिङ नौबिसेका भीम सापकोटा । कनि यसरी सडकमा सुत्नुपर्ने अबस्था आए होला, भीमकै मुखबाट जान्नुस् ।

राती साढे १० बजे र स्थान स्यम्भू । यहाँ भेटिए रामेछापका ७८ बर्षका यी अपाङ्ग बृद्ध । राम्ररी हिडडुल गर्न पनि सक्दैनन् । तर, यो चिसो मौसममा जीवन यो अबस्थामा सडकमा विताउन परेको छ ।

 

काठमाडौं प्रहरीले सडक पेटीमा रात विताउनेहरुको उद्धार गर्ने अभियान चलाएकै बेला यी पात्र यस्तो अबस्थामा भेटिए । र, प्रहरी अधिकारीले सडकमा बसेका व्यक्तिलाई उसरी उद्धार गर्न खोजिरहेका थिए ।

प्रहरीले मंगलवार मात्र कालीमाटी,सीतापाइला र स्वयम्भुमा उद्धार अभियान चलायो । र, सात जनालाई उद्धार गर्यो । सडकका बेवारिसे व्यक्तिको ज्यान बचाँउनको लागि अभियान चलाएको महानगरीय प्रहरी परिसरले जनाएको छ ।

सिरक,कम्बल,म्याट,ज्याकेट,ट्रयाकसुट,मोजा,पंजा,गंजी,साबुन,तेल,ब्रससहितका आवश्यक सामग्री उपलब्ध प्रहरीले यसरी उद्धार गरेका व्यक्तिलाई दिएकाे छ । प्रहरीलाई यस्ता सामाग्री लायन्स क्लव तथा रेडक्रसजस्ता संस्थाले सामग्री सहयोग गरेका छन् । सडकबाट उठाएर गंगवुमा रहेको बृद्धाआश्रममा राखेको छ ।

प्रहरीले संकलन गरेको तथ्यांक अनुसार काठमाडौंको बिभिन्‍न ठाउँमा गरी झण्डै दुई सय जना भन्दा बढी व्यक्ति सडकपेटीमा सुत्ने गरेका छन् । यी सबैलाई उद्धार गरेर बिभिन्न‍ आश्रम राख्ने प्रहरीको भनाई छ ।

shares