Breaking News

चिनीको आयात रोक्न व्यवसायीहरूको माग

काठमाण्डौ, ७ साउन । चिनी उद्योगी व्यवसायीहरूले आफूहरूलाई सरकारले द्वन्द्वमा जान प्रेरित गरेको भन्दै कडा आपत्ति जनाएका छन् ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै चिनी व्यवसायीहरूले आफूहरूसंग नेपालका लागि चाहिने पर्याप्त चिनी भएपनि बाहिरबाट आयात गरेको भन्दै तत्काल रोक्न माग गरेका छन् ।

उनीहरूले चिनी उद्योगहरूको समस्याबारे सरकारलाई पहिलानै जानकारी गराइएको भन्दै अटेर गरे अबको सिजनमा उद्योगहरू बन्द गर्नुपर्ने बाध्यता आउने चेतावनी दिए ।

व्यावसायीहरूले स्वदेशी उद्योग जोगाउन भन्सार शुल्क वृद्धि गर्नुपर्ने माग गर्दै पछिल्लो पाँच महिनादेखि कृषि विकास, अर्थ, वाणिज्य, उद्योग र आपूर्ति मन्त्रालयमा लविङ गर्दै आइरहेका छन् । उनीहरूले भन्सार शुल्क ५० प्रतिशतभन्दा माथि हुनुपर्ने माग राखेका छन् ।

shares