Breaking News

चिकित्सकहरू अाज पनि रिले अनशनमा

काठमाण्डौ, ९ साउन । डाक्टर गोविन्द केसीको अनशन र मागप्रति समर्थन जनाउँदै बुधबार पनि चिकित्सकहरू रिले अनशनमा बसेका छन् ।

देशका ठूला सरकारी अस्पतालका आवासीय चिकित्सक, प्रशिक्षार्थी चिकित्सकलगायतका चिकित्सकले हिजोदेखि रिले थालेका हुन् । अनशन बिहान १० बजेदेखि साँझ ५ बजेसम्म हुने गरेको छ ।

चिकित्सकहरूले रिले अनशन जारी राखेपनि सेवा भने नरोकिएको अस्पतालले जनाएको छ । त्रिवि शिक्षण र वीर अस्पतालका आवासीय चिकित्सकले भने आकस्मिकबाहेक अरु सेवा छाडेका छन् ।

यसैगरी, बसन्तपुर दरबार क्षेत्रमा पनि सर्वसाधारण, बुद्धिजिवी, नागरिक समाजका अगुवा र चिकित्सकसमेतले रिले अनशन जारी राखेका छन् ।

यता अनशनरत डाक्टर गोविन्द केसीपक्ष र सरकारी टोलीबीच दिउँसो साढे एकबजेपछि शिक्षामन्त्रालयमा वार्ता सुरु भएको छ ।

shares