घरभित्र हिटर प्रयोग गर्दा कसरी सुरक्षित रहने ?

कमला गुरुङ र श्रीनिवेश

काठमाडाैं । जाडो मौसममा हिटर प्रयोग गरिरहनु भएको छ भने तपाईंले निकै सावधानी अपाउनुपर्छ । कहिलेकाही सानो असावधानी पनि ठूलो दुर्घटनाको कारण बन्छ । त्यसैले घरभित्र हिटर प्रयोग गर्दा कसरी सुरक्षित रहने ?

हिटरको ग्याँस चुहेर आगलागी हुँदा पुष ७ गते काठमाडौंमा एक दम्पतिको मृत्यु भयो । आगलागी हुँदा उनीहरु बसेको कोठाको झाल ढोका दुवै बन्द थिए । यो घटनाले हिटर प्रयोगकर्तालाई निकै झस्कायो । त्यसो त हिटरको प्रयोग गर्दा हुने लापरबाहीले ज्यानै गएका उदाहरण अरु पनि छन् । त्यसैले सकेसम्म ग्याँसको प्रयोग हुने हिटरको प्रयोग नगर्न चिकित्सकको सुझाव छ । र, प्रयोग गरेपनि झ्याल र ढोका खुलै राख्नुपर्छ ।

रातभरी हिटर बालेर छाड्ने, हिटर नजिकै बस्दा पनि दुर्घटना निम्त्याउन सक्छ । यसबाट बच्न चिकित्सक सुझाव यस्तो छ ।

यो चिसो मौसममा हिटरकाे प्रयाेग गर्दा तपाईंले धेरै सावधानी अपनाउनुहोला ।

shares