कुर्दिस फौजीबिरुद्धकाे सैन्य कारबाही तत्काललाई राेकियाे

काठमाडाैं । सीरीयन कुर्दिस फौजीबिरुद्धकाे सैन्य कारबाहीलाई टर्कीले केही पछाडि सार्ने भएको छ । अमेरिकाले आफ्नो सैनिक सीरीयाको उतर पूर्वी क्षेत्रबाट फिर्ता बोलाउने निर्णय गरेसँगै राष्ट्रपति रिसेप तैयप एर्दोगानले टर्कीले सैन्य अभ्यास थाल्नु पूर्व सावधानीपूर्वक अमेरीकाको निर्णयलाई नियाल्ने बताएका छन् ।

डिसेम्बर १२ तारीखमा टर्कीले उतरपूर्वी सिरीयामा आक्रमण गर्ने घोषणाा गरेको थियो । अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनलाई काम शुरु गर्नका लागि आदेश दिएका थिए।

shares