Breaking News

कानूनमन्त्री तामाङले दिए पदबाट राजीनामा

काठमाण्डौ, ८ साउन । कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले पदबाट राजीनामा दिएका छन् । बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरूबारे दिएको अभिव्यक्तिले चर्को विरोध खेप्नुपरेका तामाङले मंगलबार राजीनामा दिएका हुन् ।

मन्त्रालयमा पत्रकार सम्मेलन अायोजना गरी राजीनामा घोषणा गर्दै गर्दा उनी निकै भावुक भएका थिए ।

नेपालमा मेडिकल कलेज खोल्नुपर्नाको कारण पुष्टि गर्न उनले बंगलादेशमा अध्ययन गर्न गएका नेपाली छात्राहरूबारे विवादास्पद अभिव्यक्ति दिएका थिए । उनले बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरूले सर्टिफिकेट पाउन अस्मिता बेच्न बाध्य हुनु पर्ने दाबी गरेका थिए ।

तामाङको अभिव्यक्तिको सर्वत्र आलोचना भएपछि विज्ञप्ति जारी गर्दै उनले माफीसमेत मागेका थिए । तर, आफूले विद्यार्थीहरूले भोग्नु परेको समस्यालाई उजागर गर्न खोजेको तर्क दिंदै उनले अाफ्नो बचाउ गरेका थिए । उनको अभिव्यक्तिको कारण दल र सरकार अालोच्य बनेपछि पार्टी नेतृत्वले उनलार्इ राजीनामा दिन निर्देशन दिएको थियो ।

shares