Breaking News

कानूनमन्त्रीले नारीको अस्मिता मिच्ने र कानूनको धज्जी उडाउने अभिव्यक्ति दिएको ठहर

ललितपुर, ७ साउन । कानूनमन्त्रीले नारीको अस्मिता मिच्ने र कानूनको धज्जी उडाउने अभिव्यक्ति दिएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस निकट नेपाल महिला संघ आन्दोलित भएको छ ।

सोमबार ललितपुरस्थित कांग्रेस पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै महिला संघले कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङको उक्त भनाइको जिम्मेवार प्रधानमन्त्री हुनुपर्ने भन्दै आन्दोलन गर्ने जनाएको हो ।

संघले सदनमा र सडकबाटै उक्त भनाइको प्रतिवाद गर्ने चेतावनी दिंदै कानूनमन्त्रीलाई कारवाहीको दायरामा ल्याउन सरकारको ध्यानाकर्षण समेत गराएको छ ।

पत्रकार सम्मेलनमा महिला संघकी अध्यक्ष उमा रेग्मीले सरकारले कानून बमोजिम कानूनमन्त्रीलाई कारबाही नगरे सडक र संसद एकसाथ ठप्प पार्ने चेतावनी दिइन् ।

त्यस्तै संघले मेडिकल व्यवसायी दुर्गा प्रसाईले समेत सोही प्रकारको अभिव्यक्ति दिएको भन्दै प्रसाईँलाई पनि कारवाहीको माग गरेको छ ।

shares