Breaking News

कानूनमन्त्रीलाई कारबाही गर्न महिला सांसदहरूको माग

काठमाण्डौ, ७ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महिला सांसद तथा नेतृहरूले कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङलाई कडाभन्दा कडा कारबाही गर्न माग गरेका छन् ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरूले कानूनमन्त्रीले नारीको अस्मिता मिच्ने र काूननको धज्जी उडाउने खालका अभिव्यक्ति दिएको भन्दै कारवाहीको माग गरेका हुन् ।

पत्रकार सम्मेलनमा कांग्रेसकी केन्द्रीय सदस्य एवम प्रतिनिधिसभा सदस्य डा. डीला संग्रौलाले वर्तमान सरकारले दुई तिहाईको दम्भ देखाइरहेको भन्दै अधिनायवादी र अपहरणवादी शैलीमा आफ्ना क्रियाकलापहरू अघि बढाइरहेको आरोप लगाइन् । सरकारकै मन्त्रीहरूले नारीहरूको अस्मितामाथि प्रश्नचिन्ह खडा गरिरहेको उनको आरोप छ ।

पत्रकार सम्मेलनमा सांसद लक्ष्मी परियारले सरकारले कानून बमोजिम कानूनमन्त्रीलाई कारबाही नगरे सडक र संसद एकसाथ ठप्प पार्ने चेतावनी दिइन् । कार्यक्रममा अर्की सांसद विजया श्रेष्ठ केसीले कानूनमन्त्री र मेडिकल सञ्चालक दुर्गा प्रसाईलाई सरकारले कडा कारबाही गर्नुपर्ने बताइन् ।

shares