Breaking News

कानूनमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन

काठमाण्डौ, ८ साउन । कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङलाई पदबाट बर्खास्त गर्नुपर्ने माग गर्दैै नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघले प्रधानमन्त्री निबास बाहिर प्रदर्शन गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास नजिकै पुगेर प्रर्दशन गर्दै कोणसभालाई विद्यार्थी नेताहरूले कानूनमन्त्रीको राजीनामाको माग गरेका हुन् । उनीहरूले बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गर्न जाने नेपाली चेलीको अपमान गर्ने कानूनमन्त्री तामाङलाई नहटाएसम्म आन्दोलन नरोकिने चेतावनी दिएका छन् ।

उनीहरूले बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गरिरहेका र अध्ययन गरी फर्केका छात्राहरूको अस्मितामा आँच आउने गरी मन्त्री तामाङले दिएको अशोभनीय अभिव्यक्तिलाई नेविसंघले गम्भीरतापूर्वक लिएको बताएका छन् ।

मन्त्री तामाङले काठमाडौंको एक शैक्षिक संस्थाको कार्यक्रममा बंगलादेशमा अध्ययनरत नेपाली चेलीहरूले आफ्नो शरीर बेचेर एमबीबीएसको प्रमाणपत्र लिने गरेको बताएपछि उनको चौतर्फी आलोचना भएको छ ।

shares