Breaking News

कानुनमन्त्री शेरबहादुर तामाङलाई राजीनामा दिन नेकपाकाे निर्देशन

काठमाण्डौ ८ साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले कानुनमन्त्री शेरबहादुर तामाङलाई राजीनामा दिन निर्देशन दिएको छ ।

मन्त्री तामाङले आजै पत्रकार सम्मेलन गरेर राजीनामा दिने बुझिएको छ । मन्त्री तामाङले बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे आपत्तिजनक अभिव्यक्ति दिएका थिए ।

नेपालमा मेडिकल कलेज खोल्नपर्छ भन्ने आफनो मतलाई पुष्टि गर्न उनले बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुले प्रमाणपत्र पाउन अस्मित बेच्न बाध्य हुनु पर्ने गरेको अभिव्यक्ति दिएका थिए ।

कानुनमन्त्रीको अभिव्यक्तिका बिषयमा नेकपाका नेताहरुले आपसमा छलफल गरेका थिए । छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेकपाका शीर्ष नेताहरुले मन्त्री तामाङलाई राजीनामा दिन सुझाव दिएका थिए ।

shares