काठमाडौंमा स्मार्ट जेब्रा क्रसिङ बन्दै

काठमाडौं । काठमाडौँ महानगरपालिकाले स्मार्ट जेब्रा क्रसिङ निर्माण गर्ने भएकाे छ । अहिले काठमाडौँ महानगरपालिकामा करीब १०० स्थानमा परम्परागत जेब्रा क्रसिङ छन् । याे मानिसको आवागमनको हिसाबले अत्यन्तै कम हो ।

मानिसको अत्यधिक चाप हुने स्थानमा कामपाले स्मार्ट जेब्रा क्रसिङ निर्माणको तयारी गरेको हो ।  कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले  यसअघि जे जस्तो निर्माण भएको भए पनि अब निर्माण गर्ने सबै जेब्रा क्रसिङ स्मार्ट हुने बताउनुभयाे ।’

सडक विभागसँग सहकार्य गरी मानिसको आवागमन बढी हुने स्थानमा काम अघि बढाइने उहाँले जानकारी दिनुभयाे ।  उहाँका अनुसार नयाँ निर्माण गरिने जेब्रा क्रसिङ आधुनिक किसिमको हुनेछ । र, दुवैतर्फबाट आउने गाडी ट्राफिक प्रहरीले हात हल्लाएर, सिठ्ठी बजाएर रोकिराख्नु नपर्ने,  दश मिटर अघिनै आफैँ रोकिने प्रविधि सहितको उहाँकाे भनाई थियाे।

कामपाले चालू आव २०७५/७६ को लागि रु १३ अर्ब दुई करोड १२ लाख ३७ हजारको बजेट प्रस्तुत गरेको थियो ।  जसअन्तर्गत भौतिक पूर्वाधार निर्माण गर्न चालू आर्थिक वर्षमा रु चार अर्ब छ करोड बजेट विनियोजन गरिएको छ । सबैभन्दा बढी महानगरभित्रका सडक विस्तार र मर्मतमा खर्च गरिने छ ।

shares