कांग्रेस महासमिति बैठक शनिबारदेखि बस्दै, प्रतिनिधिहरुकाे दर्ता अाज

नेपाली कांग्रेसको महासमिति बैठक अन्तरगत प्रतिनिधिहरुको दर्ता प्रक्रिया सुरु भएको छ । महासमिति बैठकको पहिलो दिन आज महासमितिमा सहभागि हुन अाएका प्रतिनिधिहरुकाे दर्ता भइरहेको छ ।

आज प्रतिनिधि दर्ता मात्रै हुने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । बैठकमा १ हजार ६ सयभन्दा बढी प्रतिनिधि सहभागी हुनेछन । महासमिति बैठकको उद्घाटन भने भोलि हुने छ ।

उद्घाटन लगत्तै बन्द सत्रमा विभिन्न प्रतिवेदनहरु पेश हुनेछन् । बैठकका लागि १ करोड रुपैयाँभन्दा कम खर्च हुने अनुमान रहेको प्रवक्ता शर्माले जानकारी दिनुभयो । बैठक खर्च आन्तरिक कोषबाटै जुटाउने र कतै चन्दा नमाग्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो । महासमिति बैठकमा राजनीतिक, सांगठनिक, आर्थिक, विधान संशोधनसहितका ५ वटा दस्तावेज प्रस्तुत हुनेछन् । पुस ३ सम्म चल्ने बैठकको प्रचार-प्रसारका लागि उद्घाटनस्थलमा सेल्फी पोइन्ट समेत निर्माण गरिनेछ ।

shares