कांग्रेस महासमितिमा लफडा, केसी र महतबीच माइक तानातान

काठमाडौं । नेपाली कांग्रेसको महासमितिको बैठकमा नेताहरुबीच माइक खोसाखोस भएको छ । सहमहामन्त्री डा. प्रकाशसरण महत र नुवाकोट जिल्ला सभापति जगदिश्वरनरसिंह केसीबीच माइक खोसाखोस भएको हो । केसी मन्चमा गएर बोल्दाबोल्दै महत आएर माइक खोसेपछि केहीबेर तनाव देखिएको थियो ।

दुई नेता बीचको माइक खोसाखोसका कारण तनाव लेखिएपछि अहिले बैठक स्थगित गरिएको छ । केसीले महासमितिको बैठकको मुख्य विषय नै पार्टीको विधान संशोधन भएकाले विधान छिटो प्रस्तुत हुनुपर्ने बताए ।

नेताहरुबीच पदाधिकारीको संख्या कति राख्ने भन्नेमा विवाद भएकाले विधान अझै बैठकमा प्रस्तुत हुन सकेको छैन । विधान टुंगो लगाउने प्रयासमा सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा नेताहरुको बैठक बसे पनि सहमति जुटेको छैन ।

shares