कांग्रेस प्रतिनिधिलेकाे नाराबाजीपछि महासमिति बैठक स्थगित

नेपाली कांग्रेसका महासमिति सदस्यहरुले विधान संशोधनको प्रस्ताव नल्याएसम्म बैठक चल्न नदिने भन्दै नाराबाजी गरेपछि बन्दसत्र स्थगित भएको छ । चौथो दिन बैठक सुरु हुने बित्तिकै आज विधान संशोधन प्रस्ताव नल्याएको बिराेधमा प्रतिनिधिहरुले महासमिति बैठक अबरुद्ध गरेका हुन् ।

प्रतिनिधिको नाराबाजीपछि बैठक स्थगित गरेर पदाधिकारीहरु विधान टुंगो लगाउन सिंहदरबारस्थित संसदीय दलको कार्यालय छलफलमा जुटेका छन् । विधानमा अझै पनि केन्द्रीय सदस्यको संख्या, पदाधिकारीको संख्या, क्रियासिल सदस्य संख्याको आधारमा प्रतिनिधि चयन, समावेशितालगायका विषयमा सहमति जुट्न सकेको छैन । विधानमा सहमति जुटाउन साेमबार दिउँसो र बेलुका दुईपटक बैठक स्थगित भए पनि सहमति जुट्न नसकेको हो ।

यसैबीच, नेपाली कांग्रेसका १२ जना महासमिति सदस्यले पार्टीको केन्द्रीय कार्यसमिति विधान बनाउन असफल भएको आरोप लगाएका छन् । उनीहरुले महासमिति बैठकस्थलमा नै पत्रकार सम्मेलन गरेर नेतृत्वले विधान बनाउन नसके आफूहरु विधान बनाउन तयार रहेको बताएका छन । उनीहरुले विधान तयार नभएकाे बहानामा महासमिति सदस्यहरुलाई झुलाउने काम भएको भन्दै आपत्ति पनि जनाएका छन् ।

यसरी पत्रकार सम्मेलन गर्नेमा सुबासकुमार पाेखरेल, दीपक खड्का, उमेशजंग रायमाझी, राजीव विक्रम शाह, विनिता अधिकारीलगायतका छन् ।

shares