‘कांग्रेस जनताबाट टाढा भैसकेकाे छ’ : पूर्वराष्ट्रपति यादव

पूर्वराष्ट्रपति रामवरण यादवले नेपाली कांग्रेस जनताबाट टाढा हुँदै गएको बताउनुभएको छ ।

कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले लेखेकाे पुस्तक नेपाल कांग्रेस र लोकतान्त्रीक समाजवाद विमोचन कार्यक्रममा उहाँले भन्नुभयाे ‘कांग्रेस जनताबाट टाढा भैसकेकाे छ ।’ कांग्रेस पेन्गुइन चराजस्तो सहरमा वस्ने र सहरबाटै उडेर अाउने गरेकाे तर जनताकाे घरदैलाेमा जान छाडेकाे भएकाे बताउनुभयो ।

रामवरण यादव,पूर्व राष्ट्रपति पूर्व राष्ट्रपति यादवले पार्टी भित्रकाे भ्रष्ट्राचार तत्कालै रोक्न नसके जनताले कांग्रेसलाई विस्वास गर्न नसक्ने निर्ष्कष सुनाउनुभयाे ।

नेता पौडेलले बिचारकाे राजनीति कमजोर भए बिकृतिकाे राजनीति हावी हुने बताउनुभयो । उहाँले विग्रेको कांग्रेस र देशलाई सुधार्न वैचारिक बहसको थालनी गर्ने उद्देश्यले आफुले पुस्तक लेखेको जानकारी दिनुभयाे ।

shares