Breaking News

काँग्रेसकै नेतृत्वमा संविधान कार्यान्वयन : प्रकाशमान सिंह

काठमाण्डौ २३ बैशाख । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसको नेतृत्वमा संविधान जारी भएकाले कांग्रेसकै नेतृत्वमा संविधान कार्यान्वयन हुने बताएका छन ।
शनिबार नार्गाजुन नगरपाललिका बडा नम्बर १ मा आयोजीत चुनावी प्रचारप्रसार तथा आमसभामा नेता सिंहले नेपाली कांग्रेसको नेतृत्वमा संविधान जारी भएको भन्दै संविधानको सफल कार्यान्वयनका लागि पनि कांग्रेसले नेतृत्व लिने दावी गरे । उहाँले नेपाली कांग्रेस इतिहास बोकेको पार्टी भएकाले मुलुकको परिर्वन पनि कांग्रेसले नै गर्ने बताए । उहाँले मतदान गर्ने दिन सबैले आफ्नो जिम्मेबारी समिझएर मतदान गर्न आग्रह समेत गरे ।
कार्यक्रममा नागार्जुन नगरपालिकाका नेपाली कांग्रेसका तर्फबाट मेयरका उम्मेदवार मोहन बस्नेतले भाषणमा मात्र नभएर व्यवहारमै विकास निर्माण गरेर देखाउने दावी गरे ।
कार्यक्रममा अन्य उम्मेदवारहरुले कांग्रेले मात्रै मुलुकलाइ निकास दिने बताउँदै कांग्रेसलाई जिताउन आग्रह गरेका थिए ।

shares