कर्णाली सरकारले आगलागीबाट पीडितको घर बनाइदिने

काठमाडाैं । कर्णाली प्रदेश सरकारले कालीकोटको पलाँता गाउँपालिका वडा नम्बर १, खाडा गाउँका आगलागीबाट पीडित परिवारको पुनःस्थापनाका लागि घर बनाइदिने भएको छ।

कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकले आवास निर्माणका लागि नमुना नक्सा, प्राविधिक सहयोग र प्रतिपरिवार पाँच लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले आज पत्रकार सम्मेलन गरी प्रदेश सरकार आफैंले एकीकृत बस्ती विकासको मोडलअनुसार घरहरू निर्माण गर्ने बताउनुभयो।

आगलागी पीडितहरूको पुनःस्थापनाका लागि अन्य सरकारी तथा गैरसरकारी संघसंस्थाहररूसँग पनि समन्वय गर्ने मन्त्री केसीले जानकारी दिनुभयो । यही पुस ८ गते आगलागी हुुँदा ८७ घर जलेर नष्ट भएका थिए । तत्काल राहतस्वरूप प्रदेश सरकारले यसअघि प्रतिपरिवार २० हजार रुपैयाँसहित खाद्यान्न र लत्ताकपडा सहयोग गरिसकेको छ।

shares