Breaking News

उपराष्ट्रपति महिला लिग फुटबल काठमाडौंमा सुरु

काठमाण्डौ, ७ साउन । उपराष्ट्रपति महिला लिग फुटबल प्रतियोगिता सोमबारदेखि काठमाडौंमा सुरु हुँदैछ ।

आज हुने उद्घाटन खेलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब तथा दोस्रो खेलमा रौतहट र काठमाडौंबीच प्रतिस्पर्धा हुनेछ । साउन १५ गतेसम्म संचालन हुने प्रतियोगिताका सम्पूर्ण खेलहरू सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछन् ।

प्रतियोगितामा तीन विभागीयसहित काठमाडौं र रौतहट जिल्ला फुटबल संघ गरी कुल पाँच टोलीको सहभागिता रहनेछ । राउण्ड रोविन लिगका आधारमा हुने प्रतियोगिताको विजेताले नगद दुई तथा उपविजेताले एक लाख हात पार्नेछन् ।

त्यस्तै विधागत उत्कृष्टलाई १० तथा मोष्ट भ्यालुएबल खेलाडीले नगद २५ हजार हात पार्नेछन् । यस प्रतियोगिताबाट उत्कृष्ट खेलाडी छनोट गर्दै आगामी साफ महिला फुटबल प्रतियोगिताका लागि नेपाली टोलीमा राखिने आयोजक एन्फाले जनाएको छ ।

shares