Breaking News

उपराष्ट्रपति कप महिला फुटबलमा आर्मीको विजयी सुरुवात

काठमाण्डौ, ७ साउन । काठमाडौंमा जारी उपराष्ट्रपति कप महिला राष्ट्रिय लिग फुटबल प्रतियोगितामा विभागीय टिम आर्मीले विजयी सुरुवात गरेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्पेलेक्सको मैदानमा भएको उद्घाटन खेलमा आर्मीले अर्को विभागीय टिम नेपाल पुलिसलाई १–० ले पराजित गर्दे आर्मी विजयी भएको हो ।

आर्मीलाई जिताउन आर्मीकी शर्मिला थापाले विजयी गोल गरिन् । उनले खेल सकिन ८ मिनेट मात्र बाँकी रहँदा निर्णायक गोल गर्दै अाफ्नो टिमलार्इ जित दिलाएकी हुन् ।

प्रतियोगितामा आर्मी र पुलिससंगै एपीएफ, काठमाडौं र रौतहट समावेश छन् । ५ टिम समावेशी प्रतियोगिताको विजेताले २ लाख, दोस्रो हुने टिमले १ लाख र तेस्रो हुने टिमले ५० हजार रुपैयाँ पाउनेछन् ।

shares