उत्तर कोरीयाका राजदूत जो सोंग गिल बेपत्ता

काठमाडाैं । इटालीमा उत्तर कोरीयाका राजदूत जो सोंग गिल बेपत्ता भएका छन्  ।

उत्तर कोरियाका राजदूतलाई कुनै पश्चिमी मुलुकले शरण दिएको अपुष्ट खबर आएका छन् । यसअघि बेलायतको लण्डनमा रहेका उत्तर कोरियाका उप राजदूत भागेको खबर आएको थियो ।

गुप्तचर निकायले जानकारी दिएपछि दक्षिण कोरिया सांसद किम मिन कीले जो सोंग गिल एक महिनाअघि नै रोम स्थित दूतावासबाट भागेका जानकारी दिएका छन् । इटालीको विदेश मन्त्रालयले पनि उनको बारेमा कुनै जानकारी दिएको छैन।

सन २०१६ मा थाए योंग हो ले आफ्नो पदबाट राजीनामा दिएका थिए र उनी आफ्नो परिवारसहित दक्षिण कोरिया गएका थिए।
त्यसबेला थाए योंगको यो कदमलाई किम जोेंग र उनको शासनका विरुद्ध भनिएको थियो । यस्ता अनुमान गरिएको थियो कि योंग होले किमका विरुद्ध सूचना प्रसारण गर्नेछन्।

 

shares