Breaking News

उत्तर कोरियाद्वारा रकेट परीक्षण केन्द्र नष्ट गर्न सुरु

काठमाण्डौ ८ साउन । उत्तर कोरियाले रकेट परीक्षण केन्द्र नष्ट गर्न सुरु गरेको छ ।

अमेरिकासंगको सम्झौता अनुसार कोरियाले उत्तर पश्चिमस्थित परीक्षण केन्द्र नष्ट गर्न थालेको हो । अमेरिकी अनुगमन समूहले परीक्षण केन्द्र नष्ट सम्बन्धी तस्बीर भूउपग्रहबाट प्राप्त भएको जनाएको छ ।

गत जुन महिनामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच यस्ता परीक्षण केन्द्र नष्ट गर्ने सहमति भएको थियो । रकेट परीक्षण केन्द्र नष्ट भएपनि ब्लालेष्टिक मिसायल परीक्षण केन्द्रका बारेमा आशंका जनाएको छ ।

राष्ट्रपति ट्रम्पले पछिल्लो नौ महिनामा उत्तर कोरियाले कुनैपनि आणविक परीक्षण नगरेका भन्दै खुशी प्रकट गरेका छन् ।

shares