Breaking News

इरानी राष्ट्रपतिसंग भेटने ट्रम्पकाे इच्छा

काठमाण्डौ १५ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी राष्ट्रपति हसन रुहानीसंग भेटघाटका लागि इच्छा व्यक्त गरेका छन ।

परमाणु सम्झौताको बिषयलाई लिएर दुई राष्ट्रबीच तनाव बढिरहेकाबेला राष्ट्रपति ट्रम्पले संवादको प्रस्ताव गरेका हुन । उनले बिना कुनै शर्त कुनैपनि समय रुहानीसंग भेटघाटका लागि आफू तयार रहेको जनाएका छन ।

ह्वाइट हाउसमा इटालीका प्रधानमन्त्रीसंगको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै उनले आफू वार्तामा विश्वास गर्ने व्यक्ति भएकाले कुनैपनि मुलुकुसंग छलफल गर्न आफू पछि नहटने स्पष्ट पारे । यसका लागि इरानले पनि संवादमा रुची देखाउनुपर्ने उनको भनाइ थियो ।

इरानसंगको पुरानो परमाणु सम्झौताकाका बिषयमा नयाँ समाधान खोज्न सकिने उनले बताए । जवाफमा इरानी राष्ट्रपति रुहानीका सल्लाहकार हामिद अबुतलेबीले वार्ता अघि अमेरिकामा पुरानो सम्झौतामा फर्र्किनुपर्ने प्रतिक्रिया दिएका छन् ।

shares