आमरण अनसन बसेका सेयर लगानीकर्तालार्इ कांग्रेसकाे समर्थन

काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सेयर लगानीकर्ता दवाव समूहले शुरु गरेको आमरण अनसनसहितको आन्दोलनप्रति ऐक्यवद्धता जनाएको छ ।

नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, प्रवक्ता विश्वप्रकाश शर्मालगायतका नेताहरुले आमरण अनशनमा बसेका हरि ढकाल र तिलक कोइरालासँग भेट गरी आन्दोलनप्रति ऐक्यवद्धता जनाउनु भएको हो ।

पूर्व अर्थमन्त्री कार्कीले यो सरकार बनेसँगै ओरालो लागेको सेयर बजारमा सुधार गर्न सरकारले पहल गर्नु पर्ने बताउनुभयो । निष्ट नेतृत्वको सरकार गठन भएयता पूँजी बजार ओरालो लागेको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको आरोप छ ।

shares