आज त्रिवि दीक्षान्त समाराेह

काठमाडाैं । त्रिभुवन विश्वविद्यालयको आज ५६औँ ग्रेस लिष्टको ४४औ दीक्षान्त समारोह हुँदैछ ।

ललितपुरको पुल्चोक इञ्जिनीयरिङ क्याम्पस, खेलकूद मैदानमा हुने समारोहमा नौ हजार ५०४ जना विद्यार्थी दीक्षित हुँदैछन् । २०७४ सालको जेठ १८ गतेदेखि २०७५ जेठ ३१ गतेसम्म ट्रान्सक्रिप्ट लिएका ७४ हजार २८२ जना विद्यार्थीमध्ये नौ हजार भन्दा बढी दीक्षित हुन लागेका हुन ।

समारोहमा विभिन्न सङ्कायमा सर्वोकृष्ट अङ्क ल्याउने विद्यार्थीलाई त्रिवि प्राध्यापक सङ्घ शहीद उपप्राध्यापक हरिराज अधिकारी स्वर्ण पदक, इन्द्रभक्त श्रेष्ठ स्वर्ण पदक, चान्सलर पदक, त्रिवि प्राध्यापक सङ्घ स्वर्ण पदकलगायत ३१ वटा पदक तथा पुरस्कार प्रदान गरिनेछ ।

प्रधानमन्त्री तथा त्रिविका कुलपति केपी शर्मा ओली, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा त्रिविका सहकुलपति गिरिराजमणि पोखरेलले सम्बोधन गर्नुहुनेछ ।

shares