Breaking News

अाफ्नो भनाई तोडमोड गरी भाइरल बनाएको दुर्गा प्रसाईको आरोप

काठमाण्डौ ७ साउन । बि एण्ड सि टिचिङ अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले बंगलादेशमा चिकित्सक अध्यनमा गएका नेपाली चेलीको बिषयमा दिएको अभिव्यक्तिको मूल मर्म तोडमोड गरी सामाजिक सञ्जालमा भाईरल गराइएको आरोप लगाउनुभएको छ ।

रफत सञ्चार क्लब भक्तपुरमा सोमबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै प्रसाईले धेरै समयअघि एक कार्यक्रममा बंगलादेशमा अध्ययन गर्न जाने नेपाली चेलीहरुको अवस्था र उनीहरुको शोषणका बिषयमा दिएको अभिव्यक्तिलाई तोडमोड गरि सामाजिक सञ्जालमा भाइरल बनाएको आरोप लगाउनुभएको हो ।

आफूले भन्न खोजेको बिषयलाई तोडमोड गरेर विवादमा तान्न खोजिएको बताउँदै प्रसाईले उक्त भनाईको आशय सामाजिक सञ्जालमा आएको जस्तो नभएको बताउनु भयो । उहाँले आफ्नो भनाई बंगाला देशमा अध्ययन गर्न जाने चेलीहरुलाई नेपालमौ अध्यनको वातावरण श्रृजना गर्न सके राम्रो हुने र त्यँहा उनीहरुले बिभिन्न खालको शोषणको सामना गर्नु पर्ने अवस्थाको अन्त्य हुने धारणा राख्नुभयो ।

चिकित्सा विद्येयकका बारे उहाँले संविधान र कानुन बमोजिम सरकारले निर्णय गर्ने बिषय भएकाले अफुले यो बिषयमा बोल्ने उपयुक्त नहुने बताउनु भयो ।

गोबिन्द केसीको अन्दोलनका बारे आफूले बोल्नु पर्ने बिषय नभएको र सरकारले नै उनको माग सम्बोधन गर्ने वा के गर्ने भन्ने बिषय रहेको उहाँले बताउनु भयो ।

shares